सूचनाको शक्ति - The Power Of Information

        

बम राखेको आरोपमा एमाले सांसद नविना लामाका बुबा पक्राउ

एमाले सांसद नबिना लामाका बुबा मणिक लामा बम राखेको आरोपमा पक्राउ परेका छन् । लामाका बुबा मणिकलाई काठमाडौंको मनोहरा खोला नजिकै प्रेसर कुकर बम राख्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

एमसीसीको विरोधका क्रममा उनीसहितको टोलीले बम राखेको खुलेपछि पक्राउ गरेर कानुनी प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदीप गिरीले बताए ।

उनीमाथि महानगरीय प्रहरी बृत्त बानेश्वरले अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत विष्फोटक पदार्थसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको छ । जसअनुसार सोमबार थुनछेक बहस भएको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १९:०४