सूचनाको शक्ति - The Power Of Information

        

चीनमा १३२ यात्रुसहितको विमान दुर्घटना

चीनमा १३२ यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

एमयू ५७३५ विमान दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ शहरको चाङसुई विमानस्थलबाट आज १ बजेर १५ मिनेट जाँदा उडेको थियो ।

३ बजे ग्वाङ्डोङ प्रान्तको ग्वाङ्झाउ पुग्नु पर्ने थियो । तर, त्यसअघि नै दुर्घटना भएको चिनियाँ समाचार संस्था सिन्हवाले जनाएको छ ।

विमानमा सवार १३२ जना यात्रुमध्ये ९ जना चालकदलका सदस्य रहेका छन् । बोइङ ७३७ पहाडी क्षेत्रमा आगलागीका कारण दुर्घटनामा परेको हुनसक्ने अन्तर्राष्ट्रिक्ष् संचारमाध्यमहरुले जनाएका छन् ।

यो दुर्घटना गुआङ्सी क्षेत्रमा भएको हो । विमान दुर्घटनापछि पहाडका आगोको ज्वाला पनि देखिएको छ । दुर्घटनाग्रस्त विमान चाइना इस्टर्न एयरलाइन्सको हो ।

सिन्ह्वाका अनुसार उद्वार टोलीहरू अहिले विमान दुर्घटना भएको ठाउँमा पुगेका छन् । दुर्घटनामा परेको विमान साढे ६ वर्ष पुरानो थियो । जहाजमा जम्मा १६२ सिट थियो ।

जसमा १२ बिजनेश क्लास र १५० अन्य सिटहरू रहेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १७:३१