सूचनाको शक्ति - The Power Of Information

        

मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु

मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको छ । सोमबार राती साढे १ बजेको समयमा ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–६ मनकाबगरमा गोतामकोटदेखि डोल्पाको खदाङतर्फ खुद्रा सामान लिएर जाँदै गरेको नम्बर नखुलेको मिनी ट्रक भेरी नदीमा खस्दा सह–चालकको मृत्यु भएको हो ।

कर्णाली प्रदेश प्रहरीका कार्यालय प्रहरी नायव उपरीक्षक तथा सह–प्रवक्ता गणेशबहादुर बमले भने ‘भेरीमा खसेको ट्रकमा सवार चार जनामध्ये आठबिसकोट नगरपालिका–६ का ट्रक सह–चालक २२ वर्षीया धनबहादुर बोहरा घटनास्थलमै मृत्यु भएको छ ।

साथै एक जना बेपत्ताको स्थानीय तथा प्रहरीले खोजी गरिरहेको सह–प्रवक्ता बमले बताए । उनका अनुसार बेपत्ता हुनेमा आठबिसकोट नगरपालिका–६ का २३ वर्षीय अनिल बिक रहेका छन् भने दुर्घटनामा घाइते अन्य व्यक्तिलाई प्रहरीले उद्दार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १७:२०