सूचनाको शक्ति - The Power Of Information

        

पल शाहको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा

अभिनेता पल शाह संलग्न जबरजस्ती करणी सम्बन्धी अनुसन्धान प्रहरीले पुरा गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको तनहुँका एसपी राजेन्द्रबावु रेग्मीले बताए । तनहुँ प्रहरीले आइतबार सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।

नाबालिग बलात्कारबारे शाहले इन्कारी बयान दिएका छन् । सरकारी वकिलले अदालतमा मुद्दा दायर गरेपछि थुनछेक बहस हुन्छ । जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले पनि शाहबारे छुट्टै अनुसन्धान प्रतिवेदन त्यहाँको सरकारी वकिललाई बुझाएको छ ।

फागुन २४ मा तनहुँबाट पूर्वी नवलपरासीमा उपस्थित गराइएका शाहसँग प्रहरीले बयान लिएर एकसाता अनुसन्धान गरेको थियो । नावालिगलाई उनले फरक समयमा पूर्वी नवलपरासीमा पनि बलात्कार गरेको आरोप छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार १७:१६