सूचनाको शक्ति - The Power Of Information

        

माओवादी केन्द्र कर्णालीका प्रमुख सचेतक विष्ट निलम्बित

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन ३ गते बसेको बैठकले उनलाई राजीनामा फिर्ता लिएर नियमित कार्यमा क्रियाशील हुन निर्देशन गरेको थियो ।

निरन्तर पार्टीको विधानविपरीत अभिव्यक्ति दिननका साथै निर्देशनको अवज्ञा गरेको भन्दै दलका नेता शाहीले आइतबार प्रेस वक्तव्य जारी गरी प्रमुख सचेतक विष्टलाई सदस्यबाट निलम्बन गरिएको जानकारी दिइएको हो । इमेलबाट प्रमुख सचेतक विष्टले फागुन २७ गते प्रदेशसभा सदस्यबाट राजीनामा दिएका थिए ।

नेपालको संविधानको धारा, १८० (क) बमोजिम प्रदेशसभा सभामुखसक्षम राजीनामा दिएका उनले चैत ४ गते सदस्य पद छाडेको सनाखत गरेपछि सभामुख राजबहादुर शाहीले उनको राजीनामा स्वीकृत गरेका थिए । विष्टको राजीनामा स्वीकृत र माओवादी केन्द्रको निलम्बनको सूचनासँगै उक्त पद रिक्त भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार १३:४३