नेपाली काँग्रेसका क्षेत्रिय प्रतिनिधि देविराम कुसारीले चुनावी खर्च बचाएर शैक्षिक सामाग्री वितरण गरेका छन् ।
पार्टीको १४ औं महाधिवेशनमा भएको आन्तरिक चुनावी खर्च बचाएर कुसारीले दंगीशरण गाउँपालिका–२ का बिपन्न परिवारका १२ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
नेपाली काँग्रेस क्षेत्र नम्वर ३ ख को सचिव पदका उप–विजेता कुसारीले चुनावको प्रचारप्रसारलाई कम खर्चिलो बनाई त्यसबाट बचेको रकम सामाजिक काममा लगाउने घोषणा गरेका थिए ।
यसरी बचाएको रकमबाट कुसारीले दंगीशरण २ का स्वस्तिका कुँवर, सुमिक्षा नेपाली, आयुष नेपाली, अनिस सुनार, सुनिल विक, सुवास विक, वसन्त वली, खुसी परियार, यसुदा वस्नेत, सोनिका चौधरी, सुमिता चौधरी र कविता सेर्पालाई शैक्षिक सामाग्री वितरण गरेका हुन् ।
त्यस अवसरमा कुसारीले खर्चिलो र भड्किलो हुँदै गएको चुनावमा गरिवको पनि पहुँच पुगोस् भन्ने उद्देश्यका साथ आफुले चुनावमा कम खर्च गरेको बताए । शैक्षिक सामाग्री वितरण कार्यक्रममा सहभागी भएका अभिभावकले सहयोग सानो भए पनि सन्देश ठुलो भएको वताएका थिए । कार्यक्रममा अधिकारकर्मी रेनुका विक, विमला कुसारी, गिता वस्नेत, मानबहादुर परियार, कमला परियार, तुलाराम बस्नेत लगाएतले बोलेका थिए ।
सत्यपाटी । दाङ ।