सूचनाको शक्ति - The Power Of Information

        

रुसी सेनाको गोलाबारीमा परी एक दर्जनको मृत्यु, ३८ घन्टे कर्फ्यूकाे घोषणा

 दक्षिणी युक्रेनको जापोरिज्जियामा रुसी सेनाको गोलाबारीमा कम्तीमा एक दर्जन मानिसको मृत्यु भएको छ । गोलाबारीमा १७ जना घाइते भएको त्यहाँका उपमेयरले जनाएका छन् ।

गोलाबारीपछि जापोरिज्जियामा ३८ घन्टे कर्फ्यूकाे समेत घोषणा गरिएको छ । सो क्षेत्रमा रुसी सेनाले मोटार्स, ट्यांक, हेलिकप्टर र रकेट मार्फत हमला गरेको जनाईएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बिलम्ब नगरी अर्थपूर्ण वार्ता गर्न आह्वान गरिरहेका बेला रुसी सेनाले हमला तीव्र बनाएको हो ।

गत २४ फेब्रुअरीदेखि भएको रुसी हमलामा सयौँ मारिएका छन् भने २५ लाख विस्थापित भएका छन् । उता, रुसी सेनाले आक्रमणको तारो बनाएको मारिओपोल शहरमा ८० प्रतिशत संरचना ध्वस्त भएका छन् ।

साे शहर लगभग भत्गावेशषमा परिणत भएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतवार ०९:५४