प्रहरीले बाँकेको सीमा नाका जमुनाहबाट लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा तुलसीपुर उपमहानगरपालिका–१८ दाङ्गका २२ बर्षिय विकास बिकलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको टोलीले कम्मरमा लागुऔषध ट्रमाडोल लुकाईछिपाई नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा बिकलाई पक्राउ गरेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज मिनबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले ८० फाइल (८०० क्याप्सुल)सहित पक्राउ गरेको हो ।
पक्राउ परेका बिकलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको प्रहरी इन्चार्ज बिष्टले जानकारी दिए ।

सत्यपाटी । बाँके ।