सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

नेपालगन्जका अगुवा व्यवसायी दामोदर आचार्यको निधन

नेपालगन्जका व्यवसायी अगुवा तथा माओवादी केन्द्रका नेता दामोदर आचार्यको निधन भएको छ । लामो समयदेखि क्यान्सर रोगबाट पीडित आचार्यको ५९ वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य समेत भइसकेका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आचार्य नेकपा मसालबाट राजनीति गर्दै पछिल्लो समय नेकपा माओवादी केन्द्रमा सक्रिय थिए ।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा माओवादी केन्द्रबाट बाँके क्षेत्र नं.२ बाट उम्मेदवार रहेका आचार्य खरो स्वभाव र आदर्शवादी व्यक्तिकारुपमा स्थापित नेता हुन् । प्युठानको खैरामा जन्मेका आचार्य लामो समय सरकारी जागिरे रहे पनि कर्मचारीकै हैसियतमा राजनितीमा पनि सक्रिय थिए ।

लामो समयदेखि उद्योग वाणिज्य संघ लगायतका विभिन्न सामाजिक आन्दोलनमा उत्तिकै सक्रिय आचार्य बहुदल आएलगत्तै भएका कर्मचारी आन्दोलनबाट जागिर गएपछि उनले नेपालगन्जमा व्यवसायसँगै भूमिगत राजनीति गर्दै आएका थिए । आचार्यका श्रीमती, एक छोरा र तीन छोरी छन् ।

उनको पार्थिव शरीरलाई आज दिउँसो २ बजेसम्म नेपालगन्जको न्यूरोडस्थित उनकै निवासमा राखिने र २ बजे त्रिभूवन चोकस्थित नेपालगन्ज उद्योग वाणिज्य संघको भवन अगाडि शोक सभा गरी राप्ती नदीको सिधनिया घाटमा अन्तिम दाह संस्कार गरिने जनाइएको छ । स्वर्गीय आचार्यप्रति सत्यपाटी पब्लिकेशन प्रालि परिवार हार्दिक श्रद्धान्जली व्यक्त गर्दछ ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार १०:४८