सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा मोटरसाइकल दुर्घटना हुँदा पत्रकारको मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते भएका बझाङका पत्रकार सुरेश कुँवरको उपचारका क्रममा मृत्यु भएको छ ।

बुंगल नगरपालिका–६ झापाबाट वडा नं. ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल चिप्लिदा घाइते भएका पत्रकार कुँवरको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घाइते कुँवरको टाउको, मुख र हातमा चोट लागेकाले थियो । बुंगल नगरपालिका–५ मिडीका २५ बर्षिय कुँवरलाई उपचारका लागि देउलेख लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

शुक्रबार दिउँसो साढे २ बजे झापाबाट विजगडा जाने क्रममा मोटरसाइकल चिप्लिएर कुँवरसँगै बुंगल नगरपालिका–९ देउलीकोटकी २६ बर्षिया गीता मल्ल घाइते भएकी छन् । मल्ललाई सामान्य चोट भएकाले विजगडामै उपचार भइरहेको छ । मृतक कुँवर स्थानीय रेडियो सेरोफेरोमा कार्यरत थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार २१:२०