सूचनाको शक्ति - The Power Of Information

        

कक्षा १२ को परीक्षा जेठ दोस्रो सातादेखि

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट गर्ने तयारी सुरु गरेको छ । त्यसका लागि अहिले बोर्डको बैठक बस्दैछ । निर्णय भएमा आजै परीक्षाको समय तालिका सार्वजनिक गर्ने बोर्डको योजना छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार शैक्षिक सत्र ढिलो हुन नदिन र उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीले समयमै भर्ना हुन पाउन् भनेर तालिका सोहीअनुरुप सार्वजनिक गर्न खोजिएको हो ।

उनले भने, ‘वैशाखमा स्थानीय निकायको चुनाव छ । त्यसले कुनै अवरोध गरेन भने जेठमा परीक्षा सकेर साउनको पहिलो साता नै नतिजा प्रकाशित गर्ने हाम्रो योजना छ ।’ यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी बोर्डले गरेको छ ।

कोभिड–१९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र प्रकाशन गर्न छाडेको थियो । परीक्षा बोर्डले अनलाइन माध्यमबाट पठाउने प्रश्नपत्र परीक्षा केन्द्रले आफैं प्रिन्ट गर्नुपर्नेछ । यसवर्ष कक्षा १२ का करिब ४ लाख विद्यार्थी परीक्षामा सामेल हुनेछन् । विद्यार्थीको भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गरिने अध्यक्ष शर्माले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १४:३९