गत शनिबार नुहाउने क्रममा भेरी नदीमा बेपत्ता भएका तीन जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको अस्ती बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी रामप्रसाद घर्तीकाअनुसार लेकवेशी नगरपालिका–२ का ८ वर्षीय दिनेश बुढाको भेरीगंगा नगरपालिका–२ स्थित भेरी पुल नजिकै बुधबार शव भेटिएको थियो ।
यस्तै भेरीगंगा नगरपालिका–११ का १२ वर्षीय कृष्ण सिंजालीको बिहीबार दिउँसो दिउँसो १ बजे र सोही ठाउँकी १२ बर्षीय गंगा खड्काको बेलुकी पाँच बजेतिर शव भेटिएको हो । दुबै जनाको शव भेरीगंगा नगरपालिका–१३ स्थित भेरी नदी किनारमा भेटिएको हो ।
घर्तीले भने, ‘बिहीबार भेटिएको दुवै जना बालबालिकाको शव पोष्टमार्टमका लागि मेहलकुना अस्पतालमा राखिएको छ ।’ उनीहरु गत शनिबार बेलुकी पाँच बजेतिर भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा बेपत्ता भएका थिए ।
सत्यपाटी । सुर्खेत ।