सूचनाको शक्ति - The Power Of Information

        

प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढ्यो

प्रि-मनसुनका गतिविधि सक्रिय नहुँदा देशभर गर्मी बढेको छ ।

मौसमविद् राजु प्रधानाङ्गले प्रि-मनसुनको गतिविधि सक्रिय नहुँदा पानी नपरेको र यसकै कारण गर्मी बढेको बताउनु भएको छ ।

गएको २४ घण्टामा धरानको अधिकतम तापक्रम ३७ दशमलव ७ डिग्री सेल्सियस पुगेको छ । यस्तै, विराटनगरको अधिकतम तापक्रम ३५ दशमलव ५ डिग्री सेल्सियस, जनकपुरको अधिकतम तापक्रम ३५  डिग्री सेल्सियस, सिमराको ३४ दशमलव ८ डिग्री सेल्सियस र भैरहवाको ३३ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

काठमाण्डौको अधिकतम तापक्रम भने २८ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ । आज पनि देशभरको मौसम सफा नै रहने अनुमान गरिएकाले गर्मी थप बढ्ने मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०८:२०