सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा बेपत्ता तीनै बालबालिकाको शव भेटियो

 सुर्खेतको भेरी नदीमा बेपत्ता भएका तीनै जना बालबालिकाको शब भेटिएको छ ।

जिल्लाको भेरीगंगा नगरपालिका–१३, स्थित भेरी नदीको फरक–फरक स्थानबाट तीनै जना बालबालिकाको शब भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

हराएका मध्ये विहीबार भेरीगंगा नगरपालिका–११, का १० वर्षीया गंगा खड्का र ८ वर्षीय कृष्णा सिंजालीको शब भेटिएको जिप्रकाका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले बताए ।

उनले दुबै शवलाई साँझ पोष्ट मार्टमका लागि मेहलकुना अस्पताल पु¥याईएको जानकारी दिए । उनका अनुसार हराएका मध्ये लेकवेंशी नगरपालिका–२, का ८ वर्षीय दिनेश बुढाको बुधबार नै शव भेटिएपिछ पोष्टमार्टम गरिएको थियो ।

फागुन २८ गते (शनिबार) सुर्खेतको भेरिगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा तीनै जना बालबालिका हराएका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार ०८:०८