सूचनाको शक्ति - The Power Of Information

        

बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस क्रुद्ध

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गरेको टिप्पणीलाई लिएर रुस क्रुद्ध बनेको छ ।

युक्रेनमाथि रुसी हमलालाई लिएर राष्ट्रपति जो बाइडेनले पुटिनलाई ‘युद्ध अपराधी’ भनेपछि रुस बाइडेनसँग क्रुद्ध भएको हो ।

अमेरिकी राष्ट्रपति बाइडेनको सो टिप्पणी अक्षम्य र अस्वीकार्य बयानबाजी भएको रुसी समाचार संस्था तासले जनाएको छ ।

पुटिनका प्रवक्ता दिमित्रि पेस्कोभको भनाई उदृत गर्दै तासले लेखेको छ, ‘हामी राष्ट्र प्रमुखको यस्तो अभिव्यक्ति अस्वीकार्य अनि अक्षम्य मान्छौं ।’

अमेरिकी राष्ट्रपति बाइडेनको टिप्पणीले दुई देश अमेरिका र रुसबीच कूटनीतिक तनाव बढ्न सक्ने अनुमान गरिएको छ ।

अमेरिकी राष्ट्रपति बाइडेन आवेशमा आएर रुसी राष्ट्रपति पुटिनमाथि व्यक्तिगत ढंगले गालीगलौजमा उत्रिएको विश्लेषण हुन थालेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १२:००