चीनमा बुलेट ट्रेनको जालो देशैभर फैलिएको छ । सन् २०२१ को अन्तसम्म चीनमा द्रुत गतिको रेल ट्रयाकको लम्बाई ४० हजार किलोमिटर पुगेको छ । चीनमा बुलेट ट्रेनको सञ्चालन सन् २००८ को अप्रिलमा शुरु भएको हो । अहिले पूर्व र पश्चिम, उत्तर र दक्षिण सबैतिर यो फैलिएको छ ।
मुलुकका अधिकांश ठूला शहरमा द्रुत गतिको रेल ट्रयाक पुगेको छ । तस्बिरमा देखिएका युवतीहरु विमानमा जस्तै ती रेलमा यात्रुलाई अत्यावश्यक सेवा दिनको लागि तम्तयार अवस्थामा देखिन्छन् । उनीहरुलाई हेर्दा ठ्याक्कै एअर होस्टेसझैँ लाग्छ । तर, ती सबै रेल परिचारिका हुन् ।





तस्वीरहरु : चाइना डेली अनलाइन ।
चाइना डेली । ताइवान ।