सूचनाको शक्ति - The Power Of Information

        

एमाले दैलेख अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

नेकपा (एमाले) दैलेख जिल्ला अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित भएका छन् ।

एमालेको सातैँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट अध्यक्षमा शर्मा निर्वाचित भएका हुन् ।

शर्मा जम्मा खसेको ६८४ मत मध्ये ४१४ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् भने उनका प्रत्यासी सूर्यबहादुर शाहीले मत २६३ प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार ०६:४६