सूचनाको शक्ति - The Power Of Information

        

आकाशियो इन्धनको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, १५५ रुपैयाँ एक लिटर पेट्रोल

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । यसअघि मूल्य बढाएको दुई हप्ता नबित्दै निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

निगमले बुधबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएर १५५ रुपैयाँ तय गरेको छ । डिजेल–मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर पाँच रुपैयाँले बढाएर १३८ रुपैयाँ तोकिएको छ ।

खाना पकाउन प्रयोग हुने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ । एलपी ग्यासमा प्रति सिलिन्डर ६६५ रुपैयाँ घाटा हुँदा पनि मूल्य नबढाइएको निगमले जनाएको छ । हवाई इन्धनको मूल्य पनि वृद्धि गरिएको छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १५ रुपैयाँ बढेर १५१ पुगेको छ । यसैगरी अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर २०० अमेरिकी डलरले बढेर १४९५ पुगेको छ । यसअघि निगमले फागुन १९ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।

हेर्नुहोस् विज्ञप्ती :

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार २१:४३