सूचनाको शक्ति - The Power Of Information

        

कमल थापाले रोजे पार्टीको चुनाव चिन्ह ‘तीर’

कमल थापा नेतृत्वको राप्रपा नेपालले निर्वाचन आयोगबाट चुनाव चिन्ह तीर पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता थापाले आगामी स्थानीय तहको निर्वाचनमा सहभागी हुनका लागि तीर चिन्ह रोजेका हुन् ।

राप्रपाले सनातन हिन्दु धर्म, संस्कृति महत्वपूर्ण रहेको तीर लिएको छ । राप्रपा पूर्वअध्यक्ष समेत रहेका थापाले फागुन ७ गते राप्रपा नेपालको घोषणा गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १९:०२