सूचनाको शक्ति - The Power Of Information

        

नेपाल टेलिकमकाे ‘हाेली अफर’, २ सय ९४ रुपैयाँमा २० जीबी डाटा

फागु पर्वको अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफर अन्तर्गत ६९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, ९८ रुपैयाँमा ६ जीबी डाटा तीन दिन र दुई सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यो सुविधा खरिद गर्न सकिन्छ ।

फागु पूर्णिमा र चैते दशैँलाई समेत दृष्टिगत गरी ल्याइएको यो अफरको अवधि १५ दिनसम्म कायम रहने टेलिकमले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार १८:१४