सूचनाको शक्ति - The Power Of Information

        

एमाले संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ ।

आज दिउँसो ३ बजे बैठक बस्न लागेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बस्नेछ । संसद् अधिवेशन अन्त्य भएको भोलिपल्ट एमाले संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ०९:५३