सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा मंगलवार ४ जनामा कोरोना पुष्टि

बाँकेमा मंगलवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४७ जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पतालको प्रयोगशालामा ११ जनाको नमुना जाँच गर्दा २ जना र मेडिकल कलेज कोहलपुरमा २७ जनाको नमुजा जाँच गर्दा २ जनामा गरी ४ जनामा कोभिड देखिएको हो ।

यस्तै बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका १ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ९ सय ३५ पुगेको छ ।

जिल्लामा हाल सक्रिय संक्रमितको संख्या एक रहेको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १६:५१