सूचनाको शक्ति - The Power Of Information

        

आकाश र एलिजाको ‘दुख्छ मन’ सार्वजनिक

प्रेमकथामा आधारित गीत ‘दुख्छ मन’ सार्वजनिक भएको छ । मेलिना राई र प्रताप दासको आवाजमा रहेको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

साजन कट्टेलको शब्द रहेको गीतमा सरोज पोखरेलले संगीत भरेका हुन् भने संयोजन उदयराज पौडेलको हो । गीतको भिडियोमा आकाश श्रेष्ठ र एलिजा गौतमको नृत्य तथा अभिनय रहेको छ ।

जसको निर्देशन प्रहिल कार्कीले गरेका हुन् । त्यस्तै नृत्य निर्देशन सुरेन्द्र बसेलको रहेको छ । उत्तम हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन तथा रंग संयोजन माधव बेल्बासेले गरेका हुन् ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १६:३५