सूचनाको शक्ति - The Power Of Information

        

गजल : ‘अब आफ्नै सुर गर्छु’

कुरा नै सुन्दिन, अब आफ्नै सुर गर्छु
मनमा थुन्दिन, अब आफ्नै सुर गर्छु ।।

सजाए तिम्लाई, हृदयको बगैंचामा ।
सपना बुन्दिन, अब आफ्नै सुर गर्छु ।।

भेट हुँदा कति, कुरा भन्न मन थियो ।
तर्कियौ भन्दिन, अब आफ्नै सुर गर्छु ।।

मैले जति तिम्ले पनि माया गर भन्थे ।
गर्दैनौं बोल्दिन, अब आफ्नै सुर गर्छु ।।

कहिले सताउला, मेरो यादले पक्कै ।
म त सम्झिदिन, अब आफ्नै सुर गर्छु ।।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १४:१३