सूचनाको शक्ति - The Power Of Information

        

लुटेको २२ तोला सुन र नगदसहित युवक पक्राउ

काठमाडौंको चाबहिलबाट सुन र नगद लुटपाट गर्ने व्यक्ति दाङमा पक्राउ परेका छन् ।

चाबहिलमा सुन व्यापारीको आँखामा खुर्सानीको धुलो हालेर सुन र नगद लुटपाट गरेर भागेको आरोपमा घोराही उपमहानगरपालिका –१५ रतनपुरका २४ वर्षीय राजेन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

सुन र नगदसहित सिंहलाई पक्राउ गरी काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताए । सिंहको साथबाट २२ तोला सुन र एक लाख नगद बरामद गरिएको छ ।

सिंहसहित समूहले आँखामा खुर्सानीको धुलो छर्केर लुटपाट गरेका थिए । गत फागुन २५ गते लुटपाटपछि सिंह लुक्न दाङ आएको सूचनाका आधारमा उनको खोजि गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७८, मंगलवार १०:२८