सूचनाको शक्ति - The Power Of Information

        

अस्पताल लैजाँदा बाटोमै गर्भवतीको मृत्यु

शिवालय गाउँपालिकामा आज (सोमबार) एकजना गर्भवतीको मृत्यु भएको छ ।

सुत्केरी बेथा लागेकी शिवालय गाउँपालिका–४ की विर्मा रावतको अत्यधिक रक्तस्रावपछि मृत्यु भएको हो ।

शिवालय गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीका अनुसार गाउँपालिकाको पहलमा रुकुम पश्चिमको चौरजहारी अस्पताल लैजाने क्रममा बाटोमै रावतको मृत्यु भएको हो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १९:१३