सूचनाको शक्ति - The Power Of Information

        

भोलिदेखि सवारी चालक अनुमति पत्रको आवेदन बन्द

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन चैत १ मा बन्द हुने भएको छ । यातायात व्यवस्था विभागले सोमबार एक सूचना जारी गरि यस्तो जानकारी दिएको हो ।

विभागका प्रवक्ता डा.लोकनाथ भुसालले हालसम्म परेका अनलाइन आवेदनलाई कारबाही यथाशक्य चाँडो टुंग्याउनुपर्ने भएकाले नयाँ आवेदन तत्कालका लागि बन्द गरेको जानकारी दिएका छन् ।

अर्को सूचना प्रकाशित नहुन्जेलसम्मलाई यातायात व्यवस्था विभागले अनलाइन आवेदन बन्द गरेको प्रवक्ता भुसालले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १९:०७