सूचनाको शक्ति - The Power Of Information

        

अझै भेटिएनन् भेरी नदीमा बेपत्ता भएका बालबालिका

भेरी नदीमा शनिबार बेपत्ता भएका सुर्खेतका बालबालिका अझै भेटिएका छैनन् । भेरिगंगा नगरपालिका–११ रामघाटस्थित रानीबगर घाटस्थित भेरी नदीमा नुहाउने क्रममा शनिबार साँझ पाँच बजेतिर ३ जना बालबालिका बेपत्ता भएका थिए ।

बेपत्ता हुनेहरूमा भेरीगंगा नगरपालिका–११ का १० वर्षीया गंगा खड्का, ८ वर्षीय कृष्णा सिंजाली र १० वर्षीय दिनेश बुढा रहेका छन् । उनीहरुको खोजी कार्य निरन्तर भएपनि अहिलेसम्म कुनै अत्तोपत्तो लाग्न नसकेको प्रह्रीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘बेपत्ताको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयले खोजी कार्य जारी राखेका छन् भने गोताखोरले पनि खोजी कार्य गरिरहेको छ ।’

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १६:१९