सूचनाको शक्ति - The Power Of Information

        

आज दुई कम्पनीको लाभांश पारित हुँदै, कुनको कति ?

दुई कम्पनीको साधारण सभा आज हुँदै छ ।

नेशनल हाइड्रोपावर र हिमालयन जनरल इन्स्योरेन्सको साधारण आज हुने भएको हो ।

नेशनल हाईड्रोपावर 
नेशनल हाईड्रोपावर कम्पनी लिमिटेडले २५ औैं वार्षिक साधारण सभा आज हुँदैछ । सभा बिहान ११ बजे अनलाइन माध्यमबाट भर्चुअल रुपमा काठमाडौं १० विनायकनगर नयाँ बानेश्वरमा बस्ने भएको हो ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १८.५२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । साथै, उक्त बोनस शेयर वितरण पछि कायम हुने चूक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव रहको छ ।

साथै सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्न र चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सञ्चालक समितिमा ७ जना सञ्चालनको निर्वाचन गर्ने कार्य सूची रहेको छ ।

हिमालयन जनरल इन्स्योरेन्स
हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको २८औं वार्षिक साधारण सभा आज बस्दैछ । सभा बिहान ११ बजे कम्पनीको केन्द्रिय कार्यालय थापागाउँ काठमाडौंमा बस्दैछ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चूक्ता पूँजीको ६.६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत कार्य सूचीमा रहेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १०:१५