युक्रेनमा तीव्र रूपमा बिग्रँदै गएको सुरक्षा अवस्थाकाबीच भारतले आफ्नो दूतावास अस्थायी रूपमा पोल्याण्डमा सार्ने निर्णय गरेको छ ।
रुसी सेना युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहर नजिक रहेको बेला यस्तो निर्णय गरिएको हो । युक्रेनको राजधानी किभस्थित भारतीय दूतावासका धेरै अधिकारीले केही दिनदेखि लभिभमा रहेको अस्थायी कार्यालयबाट काम गरिरहेको जनाएका छन् । युक्रेनमा फसेका भारतीय नागरिकलाई युक्रेनी सीमाबाट बाहिर निकाल्न लभिभस्थित दूतावासको यो अस्थायी कार्यालय स्थापना गरिएको हो ।
युक्रेनमा युद्धको बीचमा भारतले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न २६ फेब्रुअरीमा अभियान सुरु गरेको र अहिलेसम्म युद्धग्रस्त देशका विभिन्न भागहरूबाट १८ हजारभन्दा बढी नागरिकहरूलाई ल्याइसकेको छ । युक्रेनमा रहेका भारतीय नागरिक छिमेकी मुलुक रोमानिया, पोल्याण्ड, हंगेरी, स्लोभाकिया र मोल्डोभा पुगेकाथिए ।
त्यसपछि भारतले आफ्ना नागरिकलाई त्यहाँबाट निकालेकोथियो ।
सत्यपाटी । काठमाडौँ ।