सूचनाको शक्ति - The Power Of Information

        

रुसले चीनसँग हतियार र सहयोग मागेको अमेरिकाको दावी

रुसले चीनसँग हतियार र सहयोग माग गरेको अमेरिकाले दावी गरेको छ ।

अमेरिकी सरकारी अधिकारीहरुले विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत यस्तो दावी गरेका हुन् ।

रुस र चीनले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । अमेरिकाको वाशिङ्टनस्थित चिनीयाँ दूतावासले भने यो युद्धलाई नियन्त्रण बाहिर जान नदिन मात्रै आफू क्रियाशिल रहेको जनाएको छ ।

यसैबीच युक्रेनको राजधानी किभ नजिक पुगेको रुसी सेनाले युद्धको १५ औं दिनमा युक्रेनको मारिउपोल शहरमा कब्जामा लिएको छ ।

रुसी सेनाले कब्जा जमाएपछी खाद्यान्न र पानीको अभाव झेलिरहेका त्यहाँका १ लाख ४० हजार नागरिक विस्थापित भएका छन् ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०८:४२