सूचनाको शक्ति - The Power Of Information

        

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ । अन्य स्थानमा भने मौसम सफा रहने छ ।

महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार बंगलादेश तथा आसपासका क्षेत्रमा विकसित न्यून चापीय प्रणालीको प्रभावले पूर्वी भेगको मौसम बदली हुने सम्भावना रहेको छ ।

सोमवार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतः सफा रहने छ ।

राति देशभर मौसम सामान्यतः सफा रहने महाशाखाले जनाएको छ । मंगलवार पनि मौसम सफानै रहने छ । बुधबार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद् सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार ०८:०४