बाँकेमा आइतवार थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १०३ जनाको पीसीआर परीक्षणमा ५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा २ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा ६६ जनाको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
बागेश्वरी ल्याबमा १५ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ९ सय ३४ पुगेको छ ।
यस्तै थप १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार ५ सय ७७ पुगेको छ ।
सत्यपाटी । बाँके ।