बहुमूल्य जडिबुटी सुनाखरीसहित दार्चुलाबाट एक युवक पक्राउ परेका छन् ।
शुक्रबार प्रहरीले दार्चुला जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलो सुनाखरीसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा बझाङको बुङ्गल नगरपालिका–१ घर भएका ४० वर्षीय हरिस बोहरा रहेका छन् ।
रातिको समयमा महाकाली नगरपालिका–४ स्थित बाङ्गाबगडबाट बोहरा झोला बोकेर हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका बोहरालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दार्चुलाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
सत्यपाटी । बझाङ ।