माओवादी नेता कार्यकर्ताले प्रकाश सपूतको गीतको विषयलाई लिएर आलोचना गरिरहेको बेला तत्कालीन माओवादी जनयुद्धका प्रभावशाली नेता रहेका डा बाबुराम भट्टराई भने प्रकाश सपूतको पक्षमा उभिएका छन् ।
हाल जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष रहेका डा भट्टराईले प्रकाश सपूतको गीतमा आपत्ति मान्नुपर्ने कुरा नभएको बताएका छन् ।
‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपूतकोगीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु– त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन।गीतले जनयुद्धको विरोध गरेको छैन।
अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ।त्यस निम्ति क्रान्तिलाई नयॉ ढंगले अगाडि बढाउने पो हो।गीतका सर्जकलाई किन धम्काउने ?’, भट्टराईले ट्वीटरमा भनेका छन् ।
अनुसन्धानको क्रममा आफूले महिलाहरू आफ्नो सन्तान र लोग्नेको उपचारनिम्ति देह बेच्न बाध्य रहेको देखेको भट्टराईको भनाइ छ ।
‘हिजो जनमुक्तिका निम्ति बन्दुक बोक्नेहरू पेट पाल्न देह बेच्दैछन् । तितो सत्य स्वीकारौं ।’ भट्टराईले अर्को ट्वीटमा भनेका छन् ।
उनले वास्तविकता भन्दा बाहिर गएर प्रकाश सपूतलाई नसराप्न पनि आग्रह गरेका छन् ।
सत्यपाटी । काठमाडौँ ।