सूचनाको शक्ति - The Power Of Information

        

‘पिर’ म्युजिक भिडियो युट्युवबाट हटाउन चेतावनी

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्च सिंहले पिर नामक म्युजिक भिडियो युट्युवबाट तत्काल हटाउन चेतावनी दिएकी छन् ।

गायक प्रकाश सपूतले सार्वजनिक गरेको म्युजिक भिडियोले जनयुद्धमा सहभागी महिलालाई अपमानित गर्ने कार्य गरेकोले तत्काल हटाउन उनले शनिबार फेसबुममार्फत् चेतावनी दिएकी हुन् ।

उनले भनेकी छन्, ‘कार्यकर्ता व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्ने सन्देश दिने गरी प्रकाश सपूतजीले युटयुवमा अपलोड गरेको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।

जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाशजी तपाईंलाई बुझाइ रहनुपर्ने हो ?’

सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट भिडियो नहटाइए गैरजिम्मेवार हर्कत सहेर नबस्नेसमेत अध्यक्ष सिंहले चेतावनी दिएकी छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार ०७:३६