सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि सभामा प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगबारे आजदेखि छलफल

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभा बैठकमा छलफल हुने भएको छ ।

आज (आइतबार) बस्ने प्रतिनिधि सभाको बैठकमार्फत महाभियोग प्रस्तावबारे छलफल गर्ने दिन र समय निर्धारण गरिने भएको हो ।

महाभियोग प्रक्रिया अघि बढाउन प्रतिनिधिसभाले यसअघि नै महाभियोग अध्ययन तथा सिफारिस समिति गठन गरिसकेको छ ।

सत्ता गठबन्धनका सांसदहरूले जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन् । यसपछि जबरा प्रधानन्यायाधीश पदबाट स्वतः निलम्बन भएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतवार ०७:२१