सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता

सुर्खेत । सुर्खेतमा भेरी नदीमा नुहाउने क्रममा तीन जना बालबालिका बेपत्ता भएका छन् ।

आज बेलुका पाँच बजेतिर दुई जना बालिका र एक जना बालक बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

भेरीगङ्गा नगरपालिका वडा नम्बर १३ की १२ वर्षीया गङ्गा खड्का, १२ वर्षीया कृष्णा सिञ्जाली र लेकवेशी नगरपालिका वडा नम्बर पाँचका ८ वर्षका दिनेश बुढा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

भेरीगङ्गा नगरपालिका वडा नम्बरं ११ रामघाटमा रहेको भेरी नदीमा नुहाउने क्रममा बालबालिका बेपत्ता भएका हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार २०:११