सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

अध्यक्ष लिङदेनले भने, ‘एमसिसीको व्याख्यात्माक टिप्पणी लाज ढाक्ने टालो’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभाबाट एमसिसी पारित गर्दा गरिएको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका छन् ।

शनिबार सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जिल्ला आएका अध्यक्ष लिङदेनले राजनीतिक दलहरुले एमसिसी पारित गर्दा गरेको व्याख्यात्माक टिप्पणीलाई लाज ढाक्ने टालो भएको बताएका हुन् ।

उनले एमसीसीलाई गठबन्धन दलहरुले सरकारमा बसिराख्ने अस्त्रको रुपमा प्रयोग गरेको आरोपसमेत लगाए ।

‘देशका प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्ता आरोहरणको सिँढीको रुपमा प्रयोग गर्ने चेष्टा गरेका छन्,’ उनले भने, ‘यस्तो आलोकाँचो व्यवहारले नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धास्थलमा परिणत भएको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार १६:५८