सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ।

आज (शनिबार) बिहान देशका गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भू-भागमा आंशिक बदली रहेको छ। बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो भने देशका प्रदेश-१, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली हुनेछ । बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा हुनेछ ।

त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश-१, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागका केही स्थानमा भने हल्का हिमपातको समेत सम्भावना रहेको छ ।

शनिबार राती भने देशभर मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०७:१७