सूचनाको शक्ति - The Power Of Information

        

माओवादी कर्णालीका प्रमुख सचेतक विष्टले माओवादी र सांसदबाट दिए राजीनामा

सुर्खेत । नेकपा (माओवादी केन्द) बाट कर्णाली प्रदेश सभा सदस्य समेत रहेका ठम्मर विष्टले सांसद पद सहित पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

पार्टीका अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) सुर्खेत आएकै दिन सांसद विष्टले पार्टी छोडेको घोषणा गरेका हुन् ।

कर्णाली प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख संचेतक समेत रहेका विष्टले पार्टीमा आफुलाई विगतदेखिनै कर्नरमा पारिदै आएको भन्दैे उनले पार्टीमा नबसने बताए ।

उनले भने ‘मैले आजदेखि पार्टी र सांसदपदबाट राजीनामा दिएको छु, तत्कालै अब अर्को पार्टी प्रवेश गर्ने भन्ने विषयमा निर्णय लिएको छैन् ।’

पार्टी अध्यक्ष सुर्खेतका आएको बेला किन राजीनामा दिएको भन्ने प्रश्नमा विष्टले भने, ‘साईत मिलाएको नि हजुर, कहिलेकाहीँ यस्तै हुँदो रहेछ ।’

पछिलो समय राजनीतिमा खरो विषयमा आवज उठाउने र टिप्पणी गर्ने सँगै वौद्धिक छवि र राम्रो जनमत समेत बनाएका विष्टको पार्टी छोड्ने घोषणाले पार्टी भित्र कलह निम्ताएको छ ।

यस्तै, कर्णालीकमा माओवादी केन्द्रबाट सांसद हुँदा–हुँदै पनि गैर–सांसदलाई छिरिङ डम्डुल लामा (कार्चेन लामा)लाई मन्त्री बनाएको विषयमा उनको चर्को अस्नतुष्टि जनाएका थिए भने पार्टीले एमसीसी विषयमा गरेको सर्मथन प्रति विरोधमा थिए ।

स्राेतका अनुसार उनी एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् ।

यस्ताे छ राजीनामा पत्र 

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०६:५५