सूचनाको शक्ति - The Power Of Information

        

यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैठका अनुसार अमेरिकी एक डलरको खरिद दर १२२ रुपैयाँ २५ पैसा र बिक्रीदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ १३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

प्रकाशित मिति : २८ फाल्गुन २०७८, शनिबार ०६:४७