सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बार एसोसिएसनको निर्वाचन

बार चुनावमा एक्लियो एमाले, सत्ता गठबन्धनमा मिल्यो भागबण्डा

अध्यक्षसहित कांग्रेसलाई १५, बाँकी तीन दललाई १० सिट

काठमाडौं । आगामी चैत १९ गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनमा सत्तानिकट कानुन व्यवसायीबीच गठबन्धन भएको छ ।

उम्मेदवारी दर्ता गर्दासम्म पनि मिल्न नसकेका कानुन व्यवसायीले बुधबार रातिसम्ममा भागबण्डामा सहमति जुटाएका छन् । सत्ता साझेदारबीच सहमति जुटेसँगै एमाले नेपाल बारको चुनावमा पनि एक्लिएको हो ।

यसअघि अन्य पेसागत संगठनमा पनि एमालेलाई एक्ल्याउँदै सत्ता गठबन्धनले साझा उम्मेदवार तय गरेका थिए । नेपाली कांग्रेसनिकट लोकतान्त्रिक कानुन व्यवसायी संघको नेतृत्वमा सत्तानिकट कानुन व्यवसायी निर्वाचनमा जाने भएका छन् ।

२५ सदस्यीय कार्य समितिमा कांग्रेस निकटले अध्यक्षसहित १५ जना पाएका छन् । माओवादीलाई महासचिवसहित ५, नेकपा (एकीकृत समाजवादी) लाई उपाध्यक्षसहित ४ र जसपालाई एक जना उपाध्यक्ष दिने सहमति भएको हो ।

२६ औँ केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि अध्यक्षमा ८ र महासचिवमा ६ जनाको उम्मेदवारी परेको छ । एमालेनिकट प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन एक्लै चुनावमा जाने भएको हो ।

दुवै समूहबाट स्वतन्त्र उम्मेदवार पनि छन् । सत्ता गठबन्धनले संयुक्त प्यानल बनाएपछि यो समूह मजबुत बनेको छ । यसअघिको चुनावमा कांग्रेस एक्लै चुनाव लडेको थियो । महासचिवमा कांग्रेसका उम्मेदवार लिलामणि पौडेल ४०० बढी मतान्तरले निर्वाचित हुँदा अध्यक्षमा सुनील पोख्रेल १४९ मतले पराजित भएका थिए ।

नेपाल बारको निर्वाचनमा देशभरका ९ हजार ६०० कानुन व्यवसायीले मतदान गर्नेछन् । सत्ता गठबन्धन र विपक्षी दल एमालेले प्यानल बनाएपछि अन्य कानुन व्यवसायीले पनि छुट्टै उम्मेदवारी दिएका छन् । राजावादी कानुन व्यवसायीले केहीमा र अन्य साना दलनिकट कानुन व्यवसायीले पनि केही पदमा उम्मेदवारी दिएका छन् ।

यस्तो छ गठबन्धनबीचको भागबण्डा

कांग्रेस

अध्यक्ष – गोपालकृष्ण घिमिरे
प्रदेश नम्बर १ उपाध्यक्ष – सुरज खत्री
मधेश प्रदेश उपाध्यक्ष – सुधीरकुमार कर्ण
गण्डकी प्रदेश उपाध्यक्ष – वीरेन्द्र केसी
कर्णाली प्रदेश उपाध्यक्ष – उत्तमप्रसाद आचार्य
कोषाध्यक्ष – भरतबहादुर राउत
दलित – विनिता नेपाली
मधेशी/मुस्लिम उपत्यका बाहिर – किरणकुमारी साह
मधेशी/मुस्लिम खुल्ला – नरेशकुमार साह
आदिवासी जनजाति उपत्यका बाहिर – नारायणदास राई
महिला खुला – शर्मिला थापा विष्ट
सदस्य खुला – भरतकुमार लकाइ
सदस्य खुला – देवीप्रसाद कोइराला
सदस्य खुला – निर्भयराज पौडेल
सदस्य खुला – सन्तोष तिवारी
सदस्य खुला – नवराज पाण्डे

माओवादी केन्द्र

लुम्बिनी प्रदेश उपाध्यक्ष – पशुपति भण्डारी
सूदुरपश्चिम प्रदेश उपाध्यक्ष – तुलाराम गिरी
महासचिव – अन्जिता खनाल
आदिवासी जनजाति सदस्य खुला – रुपबहादुर सारु
सदस्य खुला – सन्तोषकुमार राउत

नेकपा (एकीकृत समाजवादी)

बागमती प्रदेश उपाध्यक्ष – हर्कबहादुर रावल
महिला सदस्य उपत्यका बाहिर – सीता पौड्याल
सदस्य उपत्यका बाहिर – जितेन्द्रबहादुर मडै
सदस्य खुला – गुणराज आचार्य

जनता समाजवादी पार्टी
महिला उपाध्यक्ष – आशा राई

यस्तो छ एमालेको एकल प्यानल

सत्ता गठबन्धनसँग भिड्न एमाले निकट प्रगतिशील तथा पेसागत कानुन व्यावसायी संगठनले पनि उम्मेदवारी घोषणा गरेको छ । तर सत्ता गठबन्धनमा जस्तै यो समूहबाट पनि टिममा नपरेपछि केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एमालेले अध्यक्षमा वरिष्ट अधिवक्ता विष्णुमणि अधिकारीलाई अघि सारेको छ ।

उपाध्यक्षहरु
प्रदेश १ – रोहितकुमार डाँगी
मधेश प्रदेश – केशवप्रसाद दास
बागमती प्रदेश – डिल्लीराम मैनाली
गण्डकी प्रदेश – भूपेन्द्र खनाल
लुम्बिनी प्रदेश – वासुदेव ज्ञवाली
कर्णाली प्रदेश – विष्णुप्रसाद तिमिल्सिना
सुदूरपश्चिम प्रदेश – चंखबहादुर सावद
महिला उपाध्यक्ष – रमा श्रेष्ठ
महासचिव – केदार प्रसाद कोइराला
कोषाध्यक्ष – जगतबहादुर कार्की

सदस्य

प्रदेश १ – रोहितकुमार डाँगी
मधेश प्रदेश – केशवप्रसाद दास
बागमती प्रदेश – डिल्लीराम मैनाली
गण्डकी प्रदेश – भूपेन्द्र खनाल
लुम्बिनी प्रदेश – वासुदेव ज्ञवाली
कर्णाली प्रदेश – विष्णुप्रसाद तिमिल्सिना
सुदूरपश्चिम प्रदेश – चंखबहादुर सावद
महिला उपाध्यक्ष – रमा श्रेष्ठ
महासचिव – केदार प्रसाद कोइराला
कोषाध्यक्ष – जगतबहादुर कार्की
दलित – कुन्जनी परियार
उपत्यकाबाहिर मधेसी÷मुस्लिम – नरसिंह चौधरी थारु
मधेसी/मुस्लिम खुला – सुवासचन्द्र झा
आदिवासी/जनजाति उपत्यका बाहिर – शशीकुमारी श्रेष्ठ
आदिवासी/जनजाति खुला – दिलकुमारी राई
महिला उपत्यका बाहिर – इन्दिरा आचार्य
महिला खुला – मनिका खड्का
सदस्य उपत्यका बाहिर – गणेशबहादुर ओली

खुला सदस्य

कुबेर घिमिरे
ताराकुमार श्रेष्ठ
युवककुमार गौतम
अर्जुन खड्का
अनिलकुमार श्रेष्ठ
हरिप्रसाद पंगेनी

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार ०७:४३