सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा बिहीवार कोरोना निल

बाँके । बाँकेमा बिहीवार कोरोना भाइरस संक्रमण निल भएको छ । ४५ जनाको पीसीआर र २४२ जनाको एन्टिजेन परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १२, मेडिकल कलेज कोहलपुरमा २० र बागेश्वरी ल्याबमा १२ जनाको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

यस्तै जमुनाहा नाकामा २४२ जनाको एन्टिजेन परीक्षण गर्दा कसैमा कोरोना नदेखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १९:४०