सूचनाको शक्ति - The Power Of Information

        

शिक्षक संगठन बझाङको अध्यक्षमा जोशी

बझाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको १२ औं जिल्ला अधिवेशनले श्यामप्रसाद जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संगठनको विहिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा मदनबहादुर साउँद र सुशीला खड्का, सचिवमा दिपेन्द्रबहादुर खड्का चयन भएका छन् ।

त्यस्तै कार्य समितिको सहसचिवमा देवकी जोशी र कोषाध्यक्षमा मदनराज उपाध्याय, सह–कोषाध्यक्षमा जानकी विष्ट चयन भएका छन् । कार्य समिति सदस्यमा भुगोलबाट २ जना नगरपालिका बाट र १ जना गाउँपालिकाबाट गरी २ नगरपालिका र १० वटा गाउँपालिका बाट १४ जना सदस्यमा कार्य समितिमा समावेश गरिएका छन् ।

सदस्यमा जयपृथ्वी नगरपालिकाबाट सुदिप धामी, दिनेश रोकाया, बुंगल नगरपालिकाबाट रमेशबहादुर बोहरा, धनाकुमारी चलाउने, वित्थडचिर गाउँपलिकाबाट दानबहादुर विश्वकर्मा, केदारस्युँबाट विक्रमबहादुर भण्डारी, दुर्गाथलीबाट ओमजंग कठायत, थलाराबाट शिवराज उपाध्याय, छविसपाथिभेराबाट मकरबहादुर कठायत, खप्तडछान्नाबाट चनु गिरी, मष्टाबाट मदनबहादुर बोहरा, साइपालबाट मुक्तिनाथ उपाध्याय र सुर्मा गाउँपालिकाबाट बमबहादुर बोहरा लगायत चयन भएका छन् ।

त्यस्तै महिला सदस्यमा उतराकुमारी सिंह, कविता जोशी, विनिता जेठारा, पार्वती मल्ल गरी ४ जना, संस्थागत सदस्यमा पदमबहादुर विष्ट, समावेशी खुलामा नन्दलाल नेपाली र जयराज विक गरी २ जना कार्य समितिमा चयन भएका छन् । महाधिवेशन प्रतिनिधिमा भने बिनोदबहादुर सिंह, हिरेन्द्रबहादुर सिंह, राजेन्द्रप्रसाद जोशी, कुम्भराज राना र गंगा बोगटी छनोट भएको जनाइएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १२:४८