सूचनाको शक्ति - The Power Of Information

        

विचार

नेपालमा प्रजातन्त्र टिकाउने आधार ‘भ्रष्टाचार’ ?

– आदित्यमान श्रेष्ठ

लोकतन्त्रलाई प्रजातन्त्रभन्दा माथिल्लो स्तरको र एक कदम अगाडिको व्यवस्था ठानिन्छ । प्रजातन्त्र भनेको राजा पनि हुने र राजाले आफ्नो प्रजाको इच्छा अनुसार शासन चलाउने राज्यप्रणाली मानिन्छ । नेपालमा राजतन्त्रलाई नै खारेज गरिएकोले उही प्रजातन्त्रलाई लोकतन्त्र भनिएको हो । यदि त्यसो होइन भने प्रजातन्त्र र लोकतन्त्र बीचको तात्विक अन्तर के हो तरु केही पनि छैन !

हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो । निर्वाचन आयो, पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो । सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन् । नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो । प्रजातन्त्र भने पछि खुलापन राख्नै प¥यो । खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो । प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो । भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो । करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो ।

मुलुकमा प्रजातन्त्र आयो, लोकतन्त्र पनि आयो, कसले यसको विरोध गरेको छ र ? प्रजातन्त्र या लोकतन्त्रको चाहना नगर्ने मानिस संसारमा कतै पनि छैनन् । सबैले प्रजातन्त्रको चाहना र प्रतिज्ञा गर्छन् । अधिकांश मानिसहरू प्रजातन्त्रकै मूल्य र मान्यतामा आधारित सरकार बत्रु पर्छ, त्यसैका आधारमा प्रशासन चल्नु पर्छ भन्ने गर्छन् । यो दुनियाँमा एउटा अधिनायकवाद पनि आफूलाई प्रजातन्त्रको अनुयायी हुँ भनेर दावा गर्छ । कुरो यतिमात्र हो कि हाम्रो प्रजातन्त्र अरूको भन्दा अलि फरक छ भन्छन् । संसारमा प्रजातान्त्रिक देश भनेर कहलिएको र चिनिएको राष्ट्र हो संयुक्त राज्य अमेरिका ।

अमेरिकामा प्रजातान्त्रिक शासन प्रणालीको स्थापना भएको दुई सय वर्षभन्दा बढी बितिसक्यो । तर गत वर्षको राष्ट्रपतिको चुनावका दौरान अमेरिकी प्रजातन्त्र कठिन मोडमा उभिन आइपुग्यो, त्यहाँको संसद भवनमा हथियारधारी समूहको अनियन्त्रित भीडले आक्रमण ग¥यो । त्यसबेला अमेरिकाको राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प आसीन थिए । संसद भवन अगाडि जम्मा भएको भीडलाई नियन्त्रण गर्न सुरक्षाकर्मीले गोलीसमेत चलाउनु परेको थियो । त्यसक्रममा केही मानिसहरूको मृत्युसमेत भएको थियो । अनियन्त्रित भीडबाट सांसदहरूलाई जोगाउने सुरक्षाकर्मीलाई समेत धेरै कठिन भएको थियो । सुरक्षाकर्मीले धैर्यता नगुमाएका कारण त्यहाँ दुई–चारजना सांसदहरूको ज्यान जानबाट जोगिएको थियो ।

त्यो घटना पछाडिको मुख्य कारण थियो, अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचनमा धाँधली भयो भत्रे हल्ला । यसरी चुनाउमा धाँधली गरेको आरोप सत्ताधारी दल रिपब्लिकन पार्टीमाथि भने लागेको थिएन, प्रतिपक्षी दल डेमोक्रेटिकमाथि त्यस्तो आरोप लागेको थियो । सामानयतयाः विश्वको हरेक कुनाबाट बेलाबखतमा सुन्न पाइने यस्ता घटनामा धाँधली गरेको आरोप सत्ताधारी पार्टी वा पक्षमाथि लाग्ने गरेको छ । तर अमेरिकामा विरोधी पार्टीमाथि यस्तो आरोप लाग्यो । त्यो घटनाभन्दा पहिले नै डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो वाइडेनले चुनाव जितेको घोषणा भइसकेको थियो ।

सो निर्णयलाई धाँधलीको नाउँ दिएर खारेज गरी बहालवाला राष्ट्रपति ट्रम्पलाई नै राष्ट्रपति पदमा टिकाइरहने योजना अनुसार नै त्यस्तो स्थितिको सिर्जना गरिएको थियो । ती सबै घटनाक्रमको प्रतिक्रियामा दुनियाँभर अमेरिकामा प्रजातन्त्र खतरामा परेको हल्ला फिँजियो र प्रजातन्त्रको भविष्य नै अँध्यारो भयो भत्रे मानिसहरूको मनमा पर्यो । त्यो घटना अमेरिकाको लागि मात्र होइन संसारभरका लागि समेत नौलो थियो । अन्य मुलुकहरूमा प्रजातन्त्र स्थापना हुनुपर्छ भन्दै हिँड्ने देशकै बारेमा त्यस्तो हल्ला भएपछि प्रजातन्त्रमाथि ठुलो बज्रपात हुने भयो भनेर विश्वभर नै चर्चा हुन थाल्यो, चिन्ता हुन थाल्यो । तर अन्त्यमा अमेरिकी प्रजातन्त्र जोगियो, बाहिर जस्तो हो–हल्ला भए पनि आखिरमा अमेरिकाको राष्ट्रपति पदमा डेमोक्रेटिक पार्टीका उमेदवार जो बाइडेन नै निर्वाचित भए ।

हुन त नेपालमा त्यसबेलासम्म प्रजातन्त्रमात्र होइन, लोकतन्त्र नै आइसकेको थियो । यहाँ लोकतन्त्रलाई प्रजातन्त्रभन्दा माथिल्लो स्तरको र एक कदम अगाडिको व्यवस्था ठानिन्छ । प्रजातन्त्र भनेको राजा पनि हुने र राजाले आफ्नो प्रजाको इच्छा अनुसार शासन चलाउने राज्य प्रणाली मानिन्छ । नेपालमा राजतन्त्रलाई नै खारेज गरिएकोले उही प्रजातन्त्रलाई लोकतन्त्र भनिएको हो । यदि त्यसो होइन भने प्रजातन्त्र र लोकतन्त्र बीचको तात्विक अन्तर के हो त ? केही पनि छैन ! प्रजातन्त्रमा या त राष्ट्रपतीय व्यवस्था हुन्छ या संसदीय व्यवस्था । प्रजातन्त्रको जन्मदाता भनेर संयुक्त अधिराज्य (बेलायत) लाई मानिन्छ । त्यही प्रजातन्त्र भएन भनेर संसारभर अनेक किसिमका आन्दोलन र क्रान्ति भएका छन् ।

जनताले रगतको खोला बगाएर संसारभर अनेक किसिमका प्रजातन्त्र ल्याएका छन् र आफ्नो इच्छाअनुसार त्यसको व्याख्या गरेका छन्, अनेकथरि नाम दिएका छन् । विश्वमा प्रजातन्त्रको नाउँमा सँगसँगै अधिनायकवाद पनि चलिरहेकै छ । नेपालमा अनेकथरि नौला र अनौठा घटनाहरू घटिरहछन् । अरू मुलुकहरूमा प्रजातान्त्रिक आन्दोलन त्यहाँको राजतन्त्रको विरोधमा हुने गरेको देख्न–सुन्न पाइन्छ । तर नेपालमा भने प्रजातन्त्रको लागि लडिएको आन्दोलन नै राजतन्त्रको नेतृत्वमा भइरहेको थियो । राजा त्रिभुवन स्वयं अप्रत्यक्ष ढङ्गबाट राणा शासनको विरोधमा देशमा चलिरहेको भूमिगत आन्दोलनमा सरिक थिए । प्रजातान्त्रिक आन्दोलनकै एउटा कडीका रूपमा राजा त्रिभुवन आफ्ना सम्पूर्ण परिवारसहित दरबार छोडेर भारतीय दूतावासमा शरण लिन पुगे र अन्त्यमा देशै छाडेर दिल्लीतिर लागे ।

हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो । निर्वाचन आयो, पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो । सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन् । नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो। प्रजातन्त्र भने पछि खुलापन राख्नै पर्‍यो । खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो । प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो । भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो । करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो ।

तत्कालीन राणा शासनको अन्त्यलाई नै नेपालमा प्रजातन्त्रको शुरूवात भनेर मानियो । हुन पनि नेपालमा प्रजातन्त्रको शुरूवात नै राणा, राजतन्त्र र जनताको संयुक्त सरकार बनेबाट हुन गयो । २००७ सालमा जनताले ज्यानको आहुति दिएर ल्याएको प्रजातन्त्र तब समाप्त भएको ठानियो जब देशको इतिहासमै पहिलोपटक जनताद्वारा चुनिएको बहुमतको सरकारलाई २०१७ साल पुस १ गतेका दिन राजा महेन्द्रले अपदस्थ गरे र विपक्षी सबैलाई जेलमा कोचियो । र त्यसपछि नयाँ र माटो सुहाउँदो शासन प्रणाली, प्रजातन्त्र भनेर पञ्चायती व्यवस्था कायम गरियो । त्यो व्यवस्था अन्तर्गत राष्ट्रिय, अञ्चल र जिल्लास्तरमा छुट्टाछुट्टै निकायहरू खडा गरिएका थिए । त्यो राज्य व्यवस्थामा पनि निर्वाचन हुने गर्थ्यो । तर त्यसबेला पनि पञ्चायतका विरोधीहरू नेपालमा प्रजातन्त्र नरहेको तर्क गरिरहेका थिए । तर नेपालको वास्तविक विकास त्यही कालखण्डमा भएको मानिन्छ ।

त्यही शासन व्यवस्थामा दशेभर अनेक किसिमका उद्योगधन्दा र कलकारखानाहरू खोलिए, बत्ती बाटोघाटो, राजमार्ग र पुल–पुलेसा बने ? त्यो समयमा आफैँ–आफैँ आपसमा लडिरहेका संसारभरका देशहरूले समेत नेपालमा आएर अनेक योजनाहरू सफल पारे । तर नेपालीहरूले भने प्रजातान्त्रिक पद्धति अनुसार नै प्रजातन्त्रको स्थापना हुनुपर्छ भनेर रोजे । २०४६ सालमा आएर देशमा जनताले चाहेजस्तै प्रजातन्त्र पनि आयो । तर त्यतिबेलासम्म देशले राजनीतिक स्थायित्व गुमाइसकेको थियो । यहाँ छिन–छिनमा सरकार परिवर्तन हुने क्रम चल्यो । यहाँ त चुनाव आयो भने पैसाको खोलो बग्छ । नेता बन्न र शक्तिमा पुग्न पैसा चाहिने भएकाले भ्रष्टाचार पनि बढेको हो । सरकारमा टिकिराख्न सांसदहरूलाई भेडा–बाख्रा झै किनबेच गर्ने परिपाटी पनि यहाँ शुरू भयो ।

प्रजातन्त्रलाई बदनाम गर्ने सबै कामहरू भए यहाँ । त्यो सब देखेर आम मानिसहरू वाक्क–दिक्क भए । त्यस्तै बेथिति र कुव्यवस्थालाई परिवर्तन गर्न हतियार बोकेर माओवादी निस्किए र जनवादी प्रजातन्त्रको स्थापनाका लागि देशमा हत्या र हिंसाको राजनीति शुरू गरे, मानिसहरू मार्न लागे । प्रजातन्त्रका नाउँमा माओवादीले देशभित्र त्यो हिंसाको सिलसिला करिव १० वर्षसम्म चलाए, फलस्वरूप झण्डै १७ हजार निर्दोष नेपालीहरूले अनाहकमा ज्यान गुमाउनुपर्यो । यो सबै आपसी कलह र मारकाटको सूत्रधार भारत भएको कुरो कालान्तरमा पत्ता लाग्यो । पछि, सोही देशका जिम्मेवार पदमा आसीन व्यक्तिहरूले नै नेपालमा त्यस्तो गतिविधि आफ्नो देशको इशारामा भएको भनेर सार्वजनिक रूपमा स्वीकार गरे । माओवादी द्वन्द्वको चपेटामा परेर दुःख पाएका, अङ्ग–भङ्ग भएका पीडितहरूले केही विरोध गरेनन्, ज्यान गुमाएकाहरू त त्यसै पनि बोल्न नसक्ने भइहाले !

पछि द्वन्द्वरत दुवै पक्ष वार्ताको टेबुलमा आए र दिल्लीमा १२ बुँदे सहमति गरियो । त्यही सहमति अनुसार नेपालमा अर्को परिवर्तन भयो । हुन त नेपालका ७ दलहरूबीचमा भएको सो सम्झौतामा राजतन्त्र हटाउने, धर्म निरपेक्षता ल्याउने र संघीयता लागू गर्ने कुरा कतै उल्लेख थिएन । तर देशमा भएको राजनैतिक परिवर्तनसँगै ती व्यवस्थहरू पनि नेपालमा लागु भयो । यो राजनैतिक परिवर्तनसँगै नेपालमा अनेक किसिमका नौला र अचम्मलाग्दा कुराहरू आए । बृहत शान्ति सम्झौता भयो, जनवादी व्यवस्थाका लडाकुहरू पनि संसदीय व्यवस्थामा समाहित भए, प्रजातन्त्रबाट चित्त नबुझेर लोकतन्त्र आएको दाबी गरे र राजालाई एकातिर फाले र त्यही स्थानमा राष्ट्रपतिलाई ल्याएर राखे । त्यसरी राष्ट्रपतिलाई राजाको ठाउँमा ल्याएर राख्न त राखे, तर नयाँ व्यवस्थाका हिमायतीहरूले राजामाथिको रिस–राग सबै यी राष्ट्रपतिमाथि पोखिदिए ।

नयाँ संविधानमा राष्ट्रपतिलाई निरीह बनाइयो, खोपीको देउताजस्तो । कहीँ–कतै राष्ट्रपतिले नै सत्ता कब्जा गर्ला कि भत्रे डरले त्यस पदलाई सबै अधिकारबाट वञ्चित गरेर शक्तिहीन बनाइयो । राष्ट्रप्रमुखको अधिकारलाई त्यो हदसम्म संकुचित बनाइयो कि राष्ट्रपतिलाई आवश्यक परेको बेलामा राष्ट्र जोगाउन सक्ने सामर्थ्य पनि दिइएन, केवल संविधान जोगाउने अभिभारा यिनलाई दिइयो । नेपालमा आज प्रजातन्त्र छैन भनुँ भने लोकतन्त्र आइसकेको छ । छ भनुँ भने यो कस्तो प्रजातन्त्र आएको हो कसैले पनि भत्र सक्दैन । शान्ति प्रक्रियामा आएको माओवादी चाहने जनवाद, काम गर्नु परेको छ संसदीय प्रणाली अन्तर्गत । जुन व्यवस्था काम लाग्दैन, फाल्नु पर्छ भनेर उनीहरू आएका थिए, उनीहरू आज त्यही राज्यव्यवस्था स्वीकार गरिरहेका छन् । उनीहरूलाई त्यो व्यवस्थामाथि विश्वास पलाएर त्यसो गरेको होइन, कर–बलले स्वीकार गरिएको छ ।

अहिले उनीहरू नै ‘यो नै सर्वोतम व्यवस्था हो’ भनेर कराउँदै हिँडिरहेका छन् । तर बाहिरबाट जे–जस्तो देखिए पनि भित्रबाट उनीहरू कसैलाई पनि यो व्यवस्थामाथि विश्वास भने छैन । तर मुखले यो व्यवस्था जसरी भए पनि बचाउनु पर्छ भनेर भन्दै हिँडेका छन् । हाम्रो देशमा प्रजातन्त्र त आयो, तर भ्रष्टाचारको जगमा उभिएको प्रजातन्त्र आयो । निर्वाचन आयो, पैसाको खेल शुरू हुन्छ, पैसाको ओसार–पसार हुन थाल्यो । सांसदहरू स्वयं ‘यहाँ चुनाउ धेरै नै महँगो पर्न थाल्यो’ भनेर फलाक्दै हिँडिरहेका छन् । नेपालको प्रजातन्त्र आन्तरिक द्वन्द्वले भरिएको प्रजातन्त्र भयो । प्रजातन्त्र भने पछि खुलापन राख्नै पर्यो । खुलापन राखे पछि भ्रष्टाचार बढ्यो भनेर जताततै आवाज उठ्न थाल्यो । प्रजातन्त्र हो कि भ्रष्टाचार हावी भएको हो, छुट्याउनै गाह्रो हुन लागिसक्यो । भ्रष्टाचारबिना प्रजातन्त्र टिकाउनै नसकिने भयो । करोडौ–करोड खर्च नगरी चुनाव जित्ने सम्भावना रहनै छाड्यो ।

यति कुरा थाहा पाएर पनि मानिसहरू यस्तै व्यवस्था चाहिन्छ भनेर बसेका छन् । यो हाम्रो कस्तो निरीहता हो? हुन त हामी नेपाली जनताले सबै किसिमका व्यवस्थाहरू भोगिसकेका छौँ, प्रजातन्त्र कस्तो हुन्छ भनेर देखिसकेका छौँ । र, यो व्यवस्था आफूलाई काम नलाग्ने कुरा पनि स्वीकार गरेर बसेका छन् । यस्तै, प्रजातन्त्रको चक्करमा ४०–५० लाख नेपालीहरू काम गर्न विदेशीएका छन् । उनीहरूले पठाएको पैसाले यो देशको अर्थतन्त्रलाई धानेको छ । तर पछिल्लो समयमा आएर त्यो पनि घट्दै गएको तथ्य सरकारले दिन थालेको छ । यही क्रम चलिरह्यो भने देशले गम्भीर आर्थिक संकटको सामना गर्नुपर्ने निश्चित छ । यदि त्यस्तो संकट आइहाल्यो भने मानिसहरू भोक–भोकै बस्नु पर्ने अवस्था नआउला भन्न सकिन्न । त्यस्तो अवस्था नआएसम्म मानिसहरूको आँखा नखुल्ने पो हो कि? खुलेको दिनमा नेपालीहरू ठूलो संकटमा फसिसकेको हुन सक्छ ! (श्रोत : आइएनएस–स्वतन्त्र समाचार)

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार १२:१५