सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी क्षेत्र विकास कोषमा ९ जना पदाधिकारी नियुक्त

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले लुम्बिनी क्षेत्र विकास कोषमा रिक्त रहेका नौ जना पदाधिकारी नियुक्त गर्नुभएको छ ।

विकास कोषमा रिक्त रहेका नौ वटा पदमा मन्त्रीस्तरीय निर्णयबाट पदाधिकारी नियुक्त गरिएको लुम्बिनी क्षेत्र विकास कोषले जनाएको छ ।

नवनियुक्त पदाधिकारीहरूलाई आज बुधवार मन्त्री आलेले मन्त्रालयमा बधाईसहित स्वागत गर्नुभएको छ ।

कोषमा नियुक्त भएकाहरूमा कोषाध्यक्ष ढुण्डीराज भट्टराई, कार्यकारी सदस्यमा राजेश शाक्य, नेत्र शाही, विश्वराज पौडेल र रामनरेश कोहार रहनुभएको छ ।

यसैगरी परिषद् सदस्यहरूमा प्रकाश भट्टराई, धनराज कँडेल, श्रीराम यादव र गोपीकृष्ण शर्मा रहेका छन् । नवनियुक्त पदाधिकारीहरूलाई मन्त्री आलेले र्निधक्कका साथ लुम्बिनी क्षेत्रको विकासमा लाग्न निर्देशन दिनुभएको छ ।

आउँदै गरेको बुद्ध जयन्ती भव्य र सभ्य रूपमा सफल पार्नका लागि सबै पदाधिकारी, कर्मचारी एकजुट भएर लाग्नसमेत उहाँले निर्देशन दिनुभयाे ।

प्रकाशित मिति : २६ फाल्गुन २०७८, बिहीबार ०७:४२