सूचनाको शक्ति - The Power Of Information

        

नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य हालसम्मकै उच्च पुगेको हो ।

महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला २५ सय रूपैयाँले बढेर १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुनको प्रतितोला १ लाख ५ हजार पुगेको छ ।

यसैगरी बुधबार चाँदीको मूल्य प्रतितोला ४० रूपैयाँले बढेको छ । बुधबार चाँदी प्रतितोला १४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

मंगलबार तेजावी सुन १ लाख २ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै असली चाँदी १२०९ रूपैयाँमा कारोबार भएको थियो ।

रुस र युक्रनबीच जारी युद्धका कारण विश्व बजार प्रभावित भएको छ । उक्त प्रभाव नेपालमा समेत परेको छ । अहिले डलर, पेट्रोलियम पदार्थदेखि सुनसम्मको मूल्य बढ्दो छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १८:१५