बाँके । बाँकेमा बुधवार थप ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५९ जनाको पीसीआर परीक्षणमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालको पीसीआर प्रयोगशालामा १७ जनाको परीक्षण गर्दा १ जना र मेडिकल कलेज कोहलपुरमा ३३ जनाको परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको छ ।
बागेश्वरी ल्याबमा ९ जनाको नमुना जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टि भएका सबै जिल्ला बाहिरका हुन् ।
।