सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा जीपको ठक्करबाट प्रहरीजवान थारुको मृत्यु

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–२, जिरोमा जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बर्दियाको बाँसगढी नगरपालिका–४ घर भएका इलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भई अस्थायी प्रहरी पोस्ट बनगाई, दाङमा कार्यरत प्रहरीजवान २८ वर्षीय हिरालाल थारुको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ ।

हिजो बेलुका करिब सवा ७ बजे लु१च ८११९ नम्बरको स्कारपियो जीपले घर बिदा सकाएर कार्यालयतर्फ फर्कंदै गरेका थारु सवार भे५प ७१५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जीपसहित चालकलाई प्रहरीचौकी अगैयाले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार १०:४२